जानकीका एक हजार २ सय ९८ जनाको निःशुल्क स्वास्थ्य जाँच


जानकीका एक हजार २ सय ९८ जनाको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज : जानकी गाउँपालिकाका एक हजार २ सय ९८ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएकोछ । जानकी गाउँपालिकाको मुख्य आयोजना, एचसिआरसी अस्पताल र भिजन आँखा अस्पतालको सहआयोजना एबम प्राबिधिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा उनीहरुको स्वास्थ्य जाँच गरिएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको सहकार्य समेत रहेको उक्त निःशुल्क शिविर पुस २४ र २५ गते सञ्चालन गरिएको थियो । सोक्रममा लुम्बिनी प्रदेश सरकारको शसर्त अनुदानमा सञ्चालित ५० वर्ष उमेर माथिका महिलाको पाठेघर रोग तथा मोती बिन्दुको निःशुल्क शल्यक्रिया शिविरको संयोजन तरुण गौतमले गरेका थिए ।

जानकी गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा सञ्चालन गरिएको उक्त शिविरमा एक हजार २ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा भिजन आँखा अस्पतालबाट मोति बिन्दुको निःशुल्क शल्यक्रियाका लागि पहिचान तथा आँखा सम्बन्धि थप चेकजाँच सहित औषधी बितरण गरिएकोछ ।

यस्तै शिविरमा आएका बिरामीहरुको थप शल्य क्रिया गर्नु पर्ने भए भिजन आँखा अस्पतालमा ५० वर्ष माथिका ६० जना महिलाहरुको शल्यक्रिया निःशुल्क गरिने र अन्यको हकमा वडा तथा गाउँपालिकाको सिफारिस सहित शिविरको पर्चा लिएर आएमा पचास प्रतिशत छुटको ब्याबस्था गरिएको अस्पतालका प्रमुख नेत्ररोग बिशेषज्ञ डाक्टर प्रचण्ड गौतमले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ एवम एचसिआरसी अस्पतालका संस्थापक डाक्टर कुमारशान शाह र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत स्त्रीरोग विषेशज्ञ डाक्टर मञ्जु बिसी शाह सहितको स्वास्थ्यकर्मीको समुहले महिलाको पाठेघरको मुखको क्यान्सर तथा पाठेघर सम्बन्धि रोगको चेक जाँचगरि निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।

शिविरका क्रममा गाउँपालिकाका ३ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुन पुर्वको चेकजाँच भिआइए परीक्षणमा पोजेटिभ भेटिएको छ भने ११ जना महिलाहरुको पाठेघर खसेको समस्या पहिचान भएकोछ ।

शिविरमा पोजेटिभ देखिएका बिरामीहरुलाई पुनः जाँचको लागि एचसिआरी अस्पतालमा निःशुल्क जाँचको ब्यबस्था गरिएकोछ । शिबिरमा स्वास्थ्य परीक्षणको लागि आएको सम्पूर्ण बिरामीलाई रोटरी क्लबअफ सेन्ट्रल बाँकेको तर्फबाट रोटरीको लोगो अकित एन–९५, माक्स बितरण गरिएको थियो ।

गाउँपालिका प्रमुख रामनिवास यादब, उपप्रमुख भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, डाक्टर कुमारशान शाह लगाएतको उपस्थिति शिविर सम्पन्न भएको रमेश सिटौलाले जानकारी दिए ।