नेपालन्ज : नेपालमा थप २ सय ५९ जना कोरोना संक्रमण पाइएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ३ सय ९९ जनाको पीसिआर परीक्षण गर्दा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो हाल नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ ।
यस्तै आईतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ५७ जना क्वारेन्टिनमा छन् ।
गत २४ घण्टामा ५ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
संस्थागत रूपमा ३ हजार ३ सय ४३ र होम आइसोलेसननमा १ हजार १ सय ८९ जना छन् ।