नेपालगन्ज : कोरोना संक्रमणबाट भूपु भारतीय सैनिकको मृत्यु भएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत विरेन्द्रनगर–१३ सुर्खेतका भूपु भारतीय सैनिक रहेका ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज ओलीका अनुसार कोरोना पोजेटिभ भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो ।
योसंगै बाँकेमा आई उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमित मृतक संख्या ८३ पुगेकोछ ।