नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएकोछ ।
जिल्ला कोडिभ–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरस संक्रमणबाट घोराही उपमहानगरपालिका–२ दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
केन्द्रका सूचना अधिकारी तेज ओलीका अनुसार पुष २२ गते संक्रमण पुष्टि भएका उनको सोमबार मध्यान्ह १२ः १० मा उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८४ जना संक्रमितहरुको मृत्यु भएको छ ।