नेपालगन्ज : नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पीसिआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ ।
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा ५ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।