नेपालगन्ज : नेपालमा थप ४३० जना ब्यक्तिमा कोरोना संक्रमण पाइएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ३ सय जनाको पीसिआर परीक्षणमा ४३० जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसिआर परीक्षण भएको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ३९० जना संक्रमित निको भएसँगै नेपालमा २ लाख ५९ हजार ३ सय ५८ जना व्यक्तिले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार मङ्गलबार ५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या एक हजार ९ सय ३२ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभर ४ हजार ४ सय ८ सक्रिय संक्रमित रहेका छन् भने २३६ जना व्यक्ति क्वारेन्टिनमा रहेका छन् ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन