संविधान सभा सदस्य दिनेशचन्द्रको यादव कोरोनाले लियो ज्यान


संविधान सभा सदस्य दिनेशचन्द्रको यादव कोरोनाले लियो ज्यान

नेपालगन्ज : संविधान सभा सदस्य एवंम नेकपा बाँकेका ईन्चार्ज दिनेशचन्द्र यादवको निधन भएकोछ ।

कोरोनाले सिकिस्त हुदाँ उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । कोरोना पोजेटिभ पाइएका यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाईएको थियो ।

काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको पछिल्लो पटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थिए ।

नेकपा बाँकेका संयोजक आईपी खरेलका अनुसार ग्राण्डी अस्पतालमा उपचाररत यादवको बिहीबार बिहान २ः३० बजे उपचारका क्रममा निधन भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार यादवको स्वास्थ्य अवस्था गत शनिबार बेलुकादेखि नाजुक बन्दै गएको थियो । स्वास्थ्य अवस्था नाजुक बनेपछि सोहीदिन नै थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

खरेलका अनुसार ‘स्वास्थ्य अवस्था चिन्ताजनक भएतापनि यादवको मनोबल अत्यन्त उच्च रहेको थियो ।

स्वासप्रश्वास, विपी र मधुमेह जस्ता रोगबाट पहिलेदेखि नै जकडिएका यादवकोे यसअघि वाइपास सर्जरी गरिएकाले कोरोना भाइरस संक्रमित हुदाँ उनको स्वास्थ्य अवस्था झन जटिल बनेको हो ।