नेपालगन्ज : देशभर ४०३ जनामा कोरोना संक्रमण हुदाँ थप ६ जनाको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आफ्नो नियमित प्रेस व्रिफिङ्गका क्रममा यस्तो बताँएको हो ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जानको पीसिआर परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण देखिँदा थप ६ जनाको मृत्यु भएकोछ ।
योसँगै हालसम्म देशभर २० लाख २ हजार ४२ जनाको पीसिआर गरिएको छ । जसमध्ये २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभरबाट ४०५ जना व्यक्तिले कोरोना जितेका छन् । नेपालमा हालसम्म कोरोनालाई जित्नेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।