कोरोना संक्रमित धम्बोझीकी ८० वर्षिया महिलाको मृत्यु


कोरोना संक्रमित धम्बोझीकी ८० वर्षिया महिलाको मृत्यु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी निवासी कोरोना संक्रमित ८० वर्षिया महिलाको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती महिलाको बिहीबार राती साढे एघार बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि गत पुष २६ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पुष २७ गते कोरोना पुष्टि भए लगत्तै थप उपचारका लागि भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य अवस्था नाजुक बन्दै गएको ती महिलाको उपचारका लागि सम्पूर्ण विधि अपनाउँदा समेत स्वास्थ्यमा सुधार नभएपछि उपचारकै क्रममा बिहीबार राती मृत्यु भएको केन्द्रले जनाएकोछ ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ४९ पुगेको छ ।