नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार नजिक पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार नजिक पुगेको हो ।
मन्त्रालयका अनुसार देशभर थप ५ जनाको मृत्यु हुदाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ ।
यसैबीच नेपालमा थप २ सय ७० जना ब्यक्तिमा कोरोना संक्रमण भएकोछ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार हाल देशभर २ सय ३१ जना क्वारेन्टिनमा रहेकाछन् । भने यही समयमा थप ३ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल २ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । भने एक सय ६५ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २ आइसियु र १ जना भेन्टिलेटरमा छन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि बागमती प्रदेशमा ६० जना आइसियुमा र २० जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६३ जना आइसियुमा र ९ जना भेन्टिलेटरमा रहेकाछन् ।
यसैगरि लुम्बिनी प्रदेशमा ३७ जना आइसियु र ७ जना भेन्टिलेटरमा रहेका छन् भने कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।
त्यसैगरि सुदूरपश्चिम प्रदेशमा १ जना आइसियुमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।