देशभर २४० संक्रमित थपिँदा ६ जनाको मृत्यु


देशभर २४० संक्रमित थपिँदा ६ जनाको मृत्यु

नेपालगन्ज ३ माघः नेपालमा थप २ सय ४० जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार नेपालमा ४ हजार ५८ जना सक्रिय संक्रमित रहेकाछन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पीसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ३१ जना क्वारेन्टिनमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital

गत २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।