नेपालगन्ज ४ माघ : नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पीसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन् । भने हालसम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ ।
मन्त्रालयका अनुसार आईतबार देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ५९ पुगेको छ । हाल २ सय २१ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा ४ सय जना उपचारपछि डिस्चार्ज भएका छन् । मन्त्रलायका अनुसार यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।
यसैगरि देशभर हाल २ सय ७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । एक सय ६९ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ६० आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा २ जना आइसियुमा छन्, भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।
सूदुरपश्चिम प्रदेशमा १ आइसियुमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।