भत्ता नपाएको भन्दै धरानका चिकित्सक आन्दोलित


भत्ता नपाएको भन्दै धरानका चिकित्सक आन्दोलित

नेपालगन्ज ५ माघ : धरानका जुनियर रेजिडेन्ट चिकित्सकहरु कोरोना उपचारमा जोखिम भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् । कोरोना महामारीमा खटिएपनि प्रतिष्ठानले हालसम्म जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका जुनियर रेजिडेन्ट चिकित्सकहरुले एक विज्ञप्ती जारी गर्दै आन्दोलन स्वरुप माघ १ गतेदेखि कोभिडको ड्युटी बहिष्कार गरेको जुनियर रेजिडेन्ट वेलफियर सोसाइटीले जनाएकोछ ।

जुनियर रेजिडेन्ट वेलफियर सोसाइटीका अध्यक्ष डाक्टर राजेन्द्र घिमिरे, उउपाध्यक्ष डाक्टर पदम नेपाली र सचिव डाक्टर गणेश फुलाराद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
कोरोना महामारीमा जोखिम मोलेर काम गर्दा पनि अहिलेसम्म जोखिम भत्ता नपाएको उनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेपनि कुनै सुनुवाई नभएको, जोखिम भत्ता उपलब्ध गराउँछौं, प्रक्रियामै छ भन्ने लगायतको आश्वासन मात्र प्रशासनबाट आउने गरेको विज्ञप्तीमा उल्लेखछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गएको नौ महिनादेखि जोखिम भत्ताको माग गरेको सोसाइटीले जनाएको छ । माघको पहिलो साता कोभिडको ड्युटी बहिष्कार गर्ने र उक्त अवधिसम्म पनि माग सम्बोधन नभए आन्दोलनका अन्य कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेखछ ।

यसपटक उधारो सम्झौता हुदैन र भत्ता नदिए माघ १ गतेदेखि कोभिड ड्युटी गर्न नसक्ने भनि पौस २२ गते नै अल्टिमेटम दिदाा समेत प्रतिष्ठानले कुनै चासो नदेखाएको र त्यसतर्प कुनै प्रगति नभएकाले यसप्रति गम्भीर हुदै माघ २ गते प्रशासनसंग भएको वार्तामा पनि कुनै ठोस छलफल गर्नुको सट्टा पहिले झै म्याद र भाका सहितको उधारो सम्झौता गर्ने कुराकानी भएकाले त्यसमा सहमति जनाउन सक्ने अवस्था नरहेको भन्दै भत्ता नपाएसम्म कोभिड ड्युटी बहिस्कार यथावत राख्ने निष्कर्ष निकालिएको विज्ञप्तीमा उल्लेखछ ।

प्रशासनले यो समस्या समाधान गर्न तदारुक्ता नदेखाएकाले यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन स्वयम हुने उक्त विज्ञप्तीमा उल्लेखछ ।
प्रतिष्ठानमा हाल ३ सय जना जुनियर रेजिडेन्ट चिकित्सक रहेको सोसाइटीले जनाएको छ ।