आधारभूत अस्पतालका लागि जग्गा खोज्दै गाउँपालिका


आधारभूत अस्पतालका लागि जग्गा खोज्दै गाउँपालिका

नेपालगन्ज ५ माघ : स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक पालिका एक अस्पतालको अवधारणा अनुसार नरैनापुरमा पनि २४ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ ।

केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न परिपत्र गरेपछि गाउँपालिका जग्गाको खोजीमा जुटेको छ ।
गत पुष २७ गते गाउँपालिकाले १५ दिने सूचना निकालेर जग्गा खोजी थालेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पताल बनाउन मापदण्ड पुग्ने ६१६० बर्गमिटर जग्गाको छनोट गरी जिल्ला समन्वय समिति बाँकेको सिफारिससहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने भएकाले सूचना निकालेर जग्गा व्यवस्थापनमा लागेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।

निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने जग्गादाता भए स्वघोषणासहितको निवदेन पेश गर्न वा प्रति ऐलानी जग्गा भएमा सम्बन्धित वडा, स्वास्थ्य संस्था, गाउँपालिकामा जानकारी गराउन भनिएको छ ।