बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पाइयो
नेपालगन्ज ५ माघ : नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो ।
उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो । नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको पुस १३ गते पुष्टि भएको थियो । तर, जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए /नभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर, उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएका छन् ।
के हो कोरोनाको नयाँ प्रकार ?
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी दिदै आएकाछन् ।
यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर, यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताउँछन् ।
कसरी निस्कियो नयाँ प्रकार ?
जानकारहरुका अनुसार मौसम, अनुकूल वातावरण वा अन्य कारणले समयसँगै भाइरस थप शक्तिशाली बन्दै जान्छ । यसरी भाइरसले आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई ‘म्युटेसन’ भनिन्छ ।
कुनै कमजोर व्यक्तिको शरीरमा रहेको कोरोना भाइरस थप शक्तिशाली बनेको र सोही भाइरस अर्को व्यक्तिमा सर्दा नयाँ प्रकारको बनेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
दक्षिण अफ्रिकामा पनि कोरोनाको अर्को प्रकार देखिएको थियो । कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायत र दक्षिण अफ्रिकामा धेरै मुलुकहरुले भ्रमण प्रतिबन्ध लगाएका थिए ।
कसरी सर्छ ?
कोरोनाको नयाँ प्रकार धेरै संक्रामक हुनुको कारण हावाबाट फैलिनु पनि हो । साधारण कोरोना हावाबाट केही कम फैलिने भएपनि नयाँ प्रकार हावाबाट धेरै फैलिन्छ । यद्यपि यो प्रारम्भिक अनुमान हो । अहिलेसम्म यसको पुष्टि भने हुन सकेको छैन ।
वैज्ञानिकहरुका अनुसार मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका मापदण्ड पालना गरी नयाँ प्रकारबाट बच्न सकिन्छ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं