देशभर ३१८ संक्रमित थपिदाँ ६ जनाको मृत्यु


देशभर ३१८ संक्रमित थपिदाँ ६ जनाको मृत्यु

नेपालगन्ज ७ माघ : नेपालमा थप ३१८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित रहेकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पीसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बुधबार देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ । भने हाल देशभरका क्वारेन्टिनमा एक सय ७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । भने योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

यसैगरी देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमा १६५ जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २ जना आइसियु रहेदाँ कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ । भने बागमती प्रदेशमा ६० जना आइसियु र २२ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६७ जना आइसियु र ७ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरि लुम्बिनी प्रदेशमा ३२ जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा रहेको मन्त्रालयले जनाएकोछ ।