नेपालगन्ज ८ माघः ओलस्का रामारोशन मेडिकलले विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गरेकोछ ।
नेपालगन्जको औद्योगिक क्षेत्र अगाडी रहेको आलस्का रामारोशन मेडिकलले नेपालगन्जको आदर्श माविमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
मेडिकलका सञ्चालक सन्तोष शाहका अनुसार उक्त विद्यालयका बालबालिकाहरुको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विद्यालय र मेडिकलको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

उनका अनुसार, शिविरमा बालबालिकाको उचाई, तौल, मुटुको चाल, अक्सिजनको लेभल लगायतका स्वास्थ्य जाँच गरिएको थियो ।
भेरी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विष्णु कुमार थापाले बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरेका थिए ।
बालरोग विशेषज्ञ डाक्टर थापाका अनुसार विद्यालयका बालबालिकाको स्वास्थ्य जाँच गर्दा केही बालबालिकामा रगतको मात्रा कमी, उमेर अनुसार उचाई र तौल नभएको लगायतका समस्या बढी पाइएको थियो ।
बालबालिकाको स्वास्थ्य जाँच गर्नेक्रममा बालबालिकामा भेटिएका स्वास्थ्य सम्बन्धि समस्याका बारेमा विद्यालय तथा बालबालिकाको अभिभावकलाई जानकारी, परामर्श गरिएको थियो ।

विद्यालयमा आउने बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै हुनसक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जटिलता निराकरण गर्न स्वास्थ्य शिविर गरिएको थियो । यसखाले शिविर आगामी दिनमा समेत सञ्चालन गर्ने मेडिकलका सञ्चालक साहले जानकारी दिए ।