नेपालगन्ज : पार्किङ समस्या केही हदसम्म कम भईरहेको बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर सारिएसँगै फेरि नेपालगन्जमा ट्राफिक व्यवस्थापन कमजोर देखिएको छ।
जेब्राक्रसिङमा समेत साइकलदेखि मोटरसाईकल र गाडी समेत पार्किङ गर्दा समेत नेपालगन्जमा रहेको ट्राफिक प्रहरी यस्को व्यवस्थापनमा उदासीन छ । यसरी जेब्राक्रसिङ र बीच सडकमै सवारी साधन पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भईरहेको छ ।
नेपालगन्जको व्यस्त बजार त्रिभुवन चोकमा दैनिक जसो जेब्राक्रसिङमै गाडी रोकिएका हुन्छन् । नजिकै भएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन् ।
जेब्राक्रसिङमा रोकएिका सवारी साधनलाई सचेत बनाउँने र ट्रार्फिक नियमको पालना गराउँने तर्फ नेपालगन्ज ट्राफिकको ध्यान जान सकेको छैन् । नगरको ट्रार्फिक व्यवस्थापनलार्य ध्यान नदिएर नेपालगन्ज ट्राफिक प्रहरी चौलिक्का चोक, बसपार्क, खजुरारोड,, फुलटेक्रातिरै कमाउ धन्दामा मस्त रहेको स्थानीय बताउँछन् ।
उपमहानगरपालिकामा सवारीसाधन पार्किङ समस्या जटिल बन्दै गएको छ । सपिङ मल, अस्पताल र ब्यापारिक प्रयोजनका लागि बनेका भवनमा समेत पार्किङ स्थलको ब्यवस्था नहुँदा किनमेल तथा होटलमा खाना, खाजा, नास्ताका लागि जानेहरु सडक छेउमा सवारी साधन गर्न बाध्य भएका छन् ।
चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन् । सडक फराकिलो सँगै पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपालगन्जका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको दीपक खनाल बताउँछन् ।
सडक फराकिलो भएर मात्र के गर्ने उनले भने ‘जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ ।’ सवारी साधन र मानिसको जनसंख्या बृद्धिले नेपालगन्जका सडक साँघुरा भएपछि एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा एकीकृत शहरी विकास आयोजना लागू भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल बताउँछन् ।
उक्त योजनाले सवारी चापले अस्तब्यस्त बनेको सडक लाइनलाई ब्यवस्थित बनाउन फराकिलो सँगै कालोपत्रे गरेको उनको भनाई छ । दुई लेनको सुर्खेतरोड ६ लेनको बनाइएको छ । तर, फराकिलो सडकको फाइदा उठाउँदै सदरलाइनका ब्यापारी, किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङस्थल बनाएका छन् ।
पार्किङका लागि सडक छेउमा ठाउँ ब्यवस्था गरे पनि त्यसको उल्लंघन गरेर पाकिङ हुँदा समेत उपमहानगरपालिका र ट्राफिक
प्रहरी निरिह भएको छ । सर्खेतरोडमा पनि आधा सडक च्यापेर सवारी साधन पार्किङ हुने गरेको छ ।