बाँकेका तीन ठाउँमा आरोग्य सेवा केन्द्र निर्माण गरिदैँ

राप्तीसोनारीमा शुक्रबारदेखि केन्द्र सञ्चालन


बाँकेका तीन ठाउँमा आरोग्य सेवा केन्द्र निर्माण गरिदैँ

राप्तीसोनारी (बाँके) ९ माघ : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ९ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएकोछ ।

प्रदेश सरकार, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
प्रदेश सरकारले बाँकेको तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्ने योजना अनुसार शुक्रवार राप्तीसोनारीमा उक्त केन्द्र सञ्चालनमा आएको हो ।

आरोग्य केन्द्रको शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरे ।

गाउँपालिकाका अध्यक्ष थारुले जडीबुटीबाट बनेका औषधीलाई नागरिक समक्ष पु¥याउन आयोग्य केन्द्र सञ्चालनमा ल्याएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘पहिला–पहिला जडीबुटीबाट बनेका औषधी नै प्रयोग हुन्थे, यस्ता औषधीले साइड इफेक्ट गर्दैन भन्ने मलाई लाग्छ, अध्यक्ष थारुले भने ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिलकुमार चौधरीले आयुर्वेदप्रति जनताको रुची बढेको बताए । आयुर्वेद केन्द्रले यसअघि त्यहाँ गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको थियो । उनले भविष्यमा योगलगायतको सेवा दिने बताए ।

डाक्टर चौधरीका अनुसार, गाउँघरमा क्लिनिक हुँदा ५ प्रकारका रोगको औषधी दिने गरिएको थियो । अब सबै किसिमको औषधी उपलब्ध गराइने छ । आरोग्य केन्द्रमा एकजना कविराज नै खटाइएको छ ।

आरोग्य केन्द्रको उद्घाटनमा गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर–९ का अध्यक्ष महावीर ओलीलगायतले आरोग्य केन्द्र सञ्चालनमा आएकाले यस क्षेत्रका जनतालाई जडीबुटी औषधीमा पहुँच बढेको बताए । आरोग्य केन्द्रमा दैनिक विरामी परीक्षण हुनेछ । आयुर्वेद निःशुल्क वितरण गरिने छ । जिल्लामा थेरापी सुविधासमेत दिने गरिएको छ ।