१०१ घोडापालक परिवारका बालबालिकालाई अप्टिमिस्टको सहयोग


१०१ घोडापालक परिवारका बालबालिकालाई अप्टिमिस्टको सहयोग

नेपालगन्ज ९ माघ : बाँकेको डुडुवा गाउँपालिकामा रहेका घोडापालकलाई सहयोग गरिएकोछ ।

आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्देश्यले क्रियाशिल अप्टिमिस्ट क्लव अफ नेपालगन्जद्वारा डुडुवा गाउँपालिका वडा नम्बर–६, सुब्बापुर्वामा रहेका १०१ घोडापालक समुदायका बालबालिकालाई सहयोग स्वरुप हाईजेनिक किटस् वितरण गरिएको हो ।

आशावादी साँेचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोँचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आबद्ध भई नेपालगन्जमा क्रियाशिल रहेका क्लबमा आवद्ध सदस्यहरुले उक्त सहयोग गरेका हुन् ।

समाज उपयोगि क्रियाकलपहरु गर्दै आईरहेको अप्टिमिस्टले सुब्बापुर्वामा रहेका घोडापालक समुदायकाले घोडा तथा खच्चड पालन गरि स्थानीय ईट्टा भट्टामा ढुवानी गरि जिवन गुजारा गर्दै आईरहेको उनका बालबालिकालाई सहयोग गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

कोभिड–१९ बाट ग्रसित र त्रसित अवस्थाका साथै चिसो मौसमबाट जोगाउन जनचेतना अभिबृद्धि गर्दै उक्त हाईजेनिक किटस् वितरण गरेको अप्टिमिष्टले जनाएको छ ।

आशावादको दर्शनलाई बिस्तार र बिकास गर्ने, असल सरकार र नागरिक मामिलाहरूमा आम नागरिकको सक्रियता अभिबृद्धि गर्ने, कानूनको सम्मान गर्ने, मित्रताको बिकास गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, मानवताको भावनको बिकास गर्ने, आत्मनिर्भर समुदायका लागि काम गर्ने यस संस्थाका उद्देश्य रहेका छन् ।

नेपालमा १७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगन्जको अध्यक्ष रमेश सिटौला, सचिब कमल शाही, डाईरेक्टर कुमार अधिकारी, सदस्यहरु डाक्टर रोमा बोरा, मधुसुधन अधिकारी, रेखा श्रेष्ठ, केपी घिमिरे, हंष बहादुर शाही, दीला शाह, गिता खत्री सहितको समुह सुब्बापुर्वामा उक्त सामाग्री सहयोग गरेको अप्टिमिस्टका उपाध्यक्ष नमस्कार शाहले बताएका छन् ।

पशु अधिकारकर्मी तथा अप्टिमिस्टका सदस्य रेखा श्रेष्ठले एनिमल नेपालसंग समन्वय गरि संयोजन गरेको उक्त बितरण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्राले बितरण गरेको अप्टिमिस्टका सचिव कमल शाहीले जानकारी दिए ।