मिस नेपाल २०१९ को अडिसन सुरु


मिस नेपाल २०१९ को अडिसन सुरु

नेपालगन्ज : द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगन्जअडिसन शुक्रबार (आज) हुँदैछ । नेपालगन्ज अडिसन नेपालगन्जको कारकाँदोस्थित होटल किचेन हटमा शुक्रबार विहान ११ बजे देखि हुन लागेको हो ।

द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाडौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगन्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा कंसाकारले १२ कक्षा उत्तीर्ण गरेका १९ बर्षदेखि २५ बर्षसम्मका ५ फिट ४ इन्च अग्ला अविवाहित युवतीहरुले प्रतियोगितामा भाग लिन सक्ने बताए । २०१८ की मिस सुपरनेशनल महिमा सिंहले युवतीहरुको व्यक्तित्व विकासका लागि मिस नेपाल अत्यन्त उत्कृष्ट मञ्च भएको बताए ।

२०१६ की मिस अर्थ रोशनी खत्रीले मिस नेपालमा कुनै टाइटल वा ताज नजिते पनि सहभागिता जनाउँदा मात्रै पनि त्यो निकै उपलब्धिमूलक हुने बताए ।