देशभर थप ३३९ जनामा कोरोना संक्रमण हुदाँ १० जनाको मृत्यु


देशभर थप ३३९ जनामा कोरोना संक्रमण हुदाँ १० जनाको मृत्यु

नेपालगन्ज १२ माघ : नेपालमा पछिल्लो समय ३ सय ३९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार २ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ५८ जनाको पीसिआर परीक्षण गर्दा ३ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ४८ हजार ११३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभरी थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ११ पुग्दा देशभर एक सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।

गत २४ घण्टामा ४०१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरि देशभर हाल एक सय ५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमा १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा रहँदा कुनै पनि संक्रमित भेन्टिलेटरमा रहेका छैनन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बागमती प्रदेशमा ४२ जना आइसियु र ११ जना भेन्टिलेटरमा, गण्डकीमा ६७ जना आइसियु र ६ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसैगरि लुम्बिनी प्रदेशमा २४ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यता कर्णाली प्रदेशमा एकजना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने सुदूरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।