असाहय नागरिकका सहाराका लागि व्हील चियर


असाहय नागरिकका सहाराका लागि व्हील चियर

डुडुवा (बाँके) १२ माघ : डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहय, गरिब, अपांगता भएका व्यक्ति र दीर्घरोगले ग्रसित भई हिँडडुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ ।

गाउँपालिकाले जेष्ठ नागरिक तथा सामान्य हिँड्डुल गर्न नसक्ने नागरिकलाई घरभित्र तथा बाहिर आवतजावतमा सहजताका लागि व्हील चियर वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवा गाउँपालिका वडा नम्बर– ३ निवासी जागरानी जायसवाललाई आईतबार व्हील चियर प्रदान गरिएको छ । व्हील चियर प्राप्त गरेपछि हिँडडुल गर्न सहज भएको जागरानीका छोरा उदयराज जायसवालले बताए । उनका अनुसार घरमा आमालाई यताउता हिँडडुल गराउन धेरै समस्या भएको बेला गाउँपालिकाले व्हील चियर उपलब्ध गराएपछि राहत मिलेको छ ।

गाउँपालिकाले अहिलेसम्म ३५ जना जेष्ठ नागरिक तथा असहाय अपांगलाई व्हील चियर उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले यस्ता नागरिकहरुलाई निःशुल्क औषधीसहित स्वास्थ्य सेवा उपचारको समेत घरघरमा व्यवस्था गरेको छ । भने गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक कार्यक्रम लागु गर्ने योजना अघि सारिएको छ ।