चिसो घट्न अझै समय लाग्ने

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


चिसो घट्न अझै समय लाग्ने

नेपालगन्ज १३ माघ : नेपालमा यतिबेला पश्चिमी वायुको सामान्य प्रभाव परेकोछ । जसका कारण नेपालमा केही दिन अझैं चिसो रहिरने जनाइएको छ । देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायुका कारण देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा भएपनि उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

चिसोका कारण यतिबेलो देशको जनजिवन कष्टकर बन्दै गएकोछ । बाँके लगायत आसपासका जिल्लामा समेत विहानैदेखि बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोछ । सोमबार र आज मौसम अलि सफा भएपनि चिसो धेरै भएकाले चिसोबाट बच्न यसक्षेत्रका सर्वसाधरणले आगोको सहारा लिने गरेका छन् ।

पूर्णरुपमा घाम नलागेपनि आकाश पूर्णरुपमा खुलेको छैन । छिटपुट घाम लाग्दा अब घाम लाग्ने र चिसो कम हुनेमा यसक्षेत्रका सर्वसाधारण आशाबादी रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

विभागका अनुसार मंगलबार देशका प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु–भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । यस्तै बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।

यस्तै बिहिबार देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।

चिसोका कारण दैनिक जनजिवन कष्टकर बन्दै गएपछि चिसोबाट विशेषगरि विरामी, बालबालिका, बृद्धबृद्धालाई सुरक्षित राख्न चिकित्सक सुझाव दिन्छन् ।