नेपालगन्ज १३ माघ : नेपालमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनाको पीसिआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार मङ्गलबार दशेभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ । हाल १ सय २२ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार मंगलबार प्रदेश १ को उदयपुरमा एकजना, खोटाङमा एकजना, झापामा ३, पाँचथरमा एकजना, मोरङमा एकजना र सुनसरीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि प्रदेश २ को धुनषामा एकजना र सप्तरीमा एकजनामा कोरोना भेटिएको छ । भने बागमती प्रदेशको काठमाडौंमा मात्र १३४ जनामा कोरोना पुष्टि भएको छ ।
काभ्रेमा ७ जना, चितवनमा १९ जना, धादिङमा एकजना, नुवाकोटमा ३ जना, भक्तपुरमा ७ जना, मकवानपुरमा २ जना, ललितपुरमा ३१ जना र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि गण्डकी प्रदेशको कास्कीमा ३२ जना, गोरखामा २ जना, नवलपरासीमा पूर्वमा २ जना र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
यता लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा ४ जना, नवलपरासीमा एकजना, पाल्पामा ४ जना, बर्दियामा एकजना, बाँकेमा ५ जना, रुपन्देहीमा ८ जना र रोल्पामा एकजनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशका दैलेखमा ३ जना र सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको छ भने सुदूरपश्चिम प्रदेशको बझाङमा ६ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।