तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइनेछ : प्रधानमन्त्री ओली


तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइनेछ : प्रधानमन्त्री ओली

तस्विर : रासस

नेपालगन्ज १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

कोरोना विरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर शुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन शुरु गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर अभियान शुरु भएको हो ।

त्यसपछि डाक्टर अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झासहितले खोप लगाएका छन् । टेकु अस्पतालसँगै देशभर बुधबारदेखि अभियान शुरु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रधानमन्त्री ओलीले भने–‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ ।’

नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद समेत दिए । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए ।

प्रधानमन्त्री ओलीले खोप नाफा कमाउने माध्यम र व्यापारको विषय हुन नहुने दोहोर्याए । कोरोनाविरुद्धको खोप मानव जातिको साझा उपलब्धी, साझा सफलता र सबैको पहुँचभित्र हुनुपर्ने उनले बताए ।