कोरोना भाइरसविरुद्धको खोप लगाएकै दिन ३ को मृत्यु


कोरोना भाइरसविरुद्धको खोप लगाएकै दिन ३ को मृत्यु

नेपालगन्ज १४ माघ : कोरोना भाइरस विरुद्धको खोप लगाएकै दिन नेपालमा थप ३ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ जना संक्रमितको मृत्यु भएको हो ।

बुधबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कुल कोरोना संक्रमित मृतकको संख्या २ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । हाल १ सय २२ जना क्वारेन्टिनमा छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ जनाको पीसिआर परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ५७ हजार ६९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै यही समयमा देशभरबाट थप २ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि, देशभर हाल एक सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । एक सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा छन् । भने कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ४१ जना आइसियु र १४ जना भेन्टिलेटरमा, गण्डकीमा ६३ जना आइसियु र ६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।