नेपालगन्ज १५ माघ : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पीसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८ सय ६० पुगेको छ ।
हाल देशभर एक सय १३ जना क्वारेन्टिनमा छन् । भने पछिल्लो २४ घण्टामा २ सय ९६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल एक सय ७२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । एक सय ४६ जना आइसियु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ४७ आइसियु र १६ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।