कोरोनाबाट बाँकेका स्वास्थ्यकर्मीको मृत्यु


कोरोनाबाट बाँकेका स्वास्थ्यकर्मीको मृत्यु

नेपालगन्ज १५ माघ : कोरोना भाइरस संक्रमणबाट बाँकेका एक स्वास्थ्यकर्मीको मृत्यु भएकोछ ।

बैजनाथ गाउँपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको शुक्रबार विहान मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । अस्पतालले उनको रोगको प्रकृतिअनुसार सम्पूर्ण विधी अपनाएर उपचार गर्दा पनि सिनियर अनमी भारतीको स्वास्थ्यमा सुधार नभएपछि उपचारकै क्रममा शुक्रबार विहान ५ः२७ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

कोरोना भाइरस माहामारी नियन्त्रण, निदान र उपचारमा फ्रन्टलाइनमा खटिएर काम गर्दा गर्दै भाइरस संक्रमित भइ उपचारका क्रममा अनमी भारतीको निधनले कुशल र पेशाप्रति समर्पित रास्ट्रसेवक कर्मचारी गुमाउनु परेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गहिरो दुःख व्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीको श्रीमति हुन् । भारतीको शवलाई बर्दिया मगरागढीमा रहेको उनको घरमा लगिएकोछ । उनको आजनै जब्दीघाटमा दाहसंस्कार गर्ने घरपरिवारले बताएका छन् ।