देशभर १५७ संक्रमित थपिए, ५ जनाको मृत्यु


देशभर १५७ संक्रमित थपिए, ५ जनाको मृत्यु

नेपालगन्ज १६ माघ : नेपालमा थप एक सय ५७ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक सय ५७ जनामा कोरोना पुष्टि हुदाँ देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय २१ जनाको पीसिआर परीक्षण गर्दा एक सय ५७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार जसमध्ये ३ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ६४ हजार ८१ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २५ पुगेको छ । भने हाल देशभर एक सय ११ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभरका ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसरा शुक्रबार बेलुकासम्म देशभर एक सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेका छन् । जसमध्ये एक सय ४७ जना आइसियु र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा रहँदा त्यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशमा ४४ जना आइसियुमा रहदाँ १५ जना भेन्टिलेटरमा रहेका छन् भने गण्डकी प्रदेशमा ६७ जना आइसियुमा रहँदा ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएकोछ ।

यता लुम्बिनी प्रदेशमा ३१ जना आइसियुमा रहदाँ ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको शुक्रबार अध्यावधि गरिएको तथ्यांकमा उल्लेख छ ।

यस्तै कर्णाली प्रदेशमा १ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन् । भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।