शहिद दिवसका अवसरमा ५५ जनाले रक्तदान गरे


शहिद दिवसका अवसरमा ५५ जनाले रक्तदान गरे

कोहलपुर १६ माघ : बाँकेको कोहलपुर जेसीज वर्ष–२०२१ ले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

शहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कोहलपुर जेसीज वर्ष–२०२१ का अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

कोहलपुर जेसीज वर्ष–२०२१ को आयोजना, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम रक्त सञ्चार ईकाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सासोईटी उपशाखा कोहलपुरका सभापति नारायणप्रसाद गौडेलले यूवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि सक्रिय रहेको जेसीजले सामाजिका कार्यहरुलाई विशेष जोड दिएकोमा खुशी व्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

साथै उनले रगत अभावकै कारण कसैको जीवनमा कुनै समस्या नआउनका लागि जेसीजले रक्तदान कार्यक्रमको आयोजना गर्नु सकरात्मक कार्य भएको बताउँदै जेसीजसँग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले सहकार्य गरिरहेको जानकारी समेत दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष–२०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले रक्तदान कार्यक्रममा सहभागित भई रक्तदान गर्नेहरुलाई धन्यवाद दिँदै जेसीज अभियानमा सबै यूवाहरु लाग्नु अनुरोध समेत गरेका छन् ।