नेपालगन्ज १७ माघ : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक सय ९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमति हुनेको कुल संख्या दुई लाख ७० हजार ८५४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ३५० जना कोरोनामुक्त भएका छन् । भने नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ ।
हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएकोछ ।