कोरोना विरुद्धको खोप अभियान

देशभर १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप


देशभर १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप

नेपालगन्ज १७ माघ : कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत चौथो दिनसम्ममा देशभर ६४ हजार ४ सय २२ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ४३ खोप केन्द्रहरुबाट शनिबार १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका छन् ।

खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ । यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन । ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

वृद्धाश्रम र कारागारमा रहेका लक्षित व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।