सिमकोट १९ माघ : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ की गर्भवती महिलाको मृत्यु भएको छ । वडा नम्बर–१ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर टसी आङ्जुक लामाले जानकारी दिए । फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डाक्टर लामाले जानकारी दिएइ ।
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा आज बिहान मृत्यु भएको हो । ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?