कोरोना संक्रमित कोहलपुरकी ६८ वर्षिया महिलाको मृत्यु


कोरोना संक्रमित कोहलपुरकी ६८ वर्षिया महिलाको मृत्यु

नेपालगन्ज १९ माघ : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६८ वर्षिया महिलाको मृत्यु भएको हो ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर– १४ निवासी ती ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ ।

उनलाई माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेकी ती महिलाको स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा सोमबार अपरान्ह मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै कोरोना भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।