नेपालगन्ज १९ माघ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । कोरोना महामारी उच्च विन्दुमा पुगेपछिको मृत्यु मृत्यु भएको यो दोस्रो दिन हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक सय ५९ जना ब्यक्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ४५ जनाको पीसिआर परीक्षण गर्दा एक सय ५९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार देशभर हाल ९७ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट थप २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर हाल एक सय ५० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमा १ सय २८ जना आइसियु र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २८ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।