नेपालगन्ज २० माघ : कोरोना संक्रमित भई उपचाररत दाङका एक संक्रमितको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएकोछ ।
तुलसीपुर उपमहानगरपानलिका वड नम्बर–७ का ६६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मङ्गलबार राती १ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।
गत मंसिर २९ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि पुष १३ गते अस्पतालमा भर्ना भएका ती पुरुषको रोगको प्रकृतिअनुसार उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार उपचारका क्रममा उनको मृत्यु भएसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्ला ८८ जनाको मृत्यु भएकोछ । यसअघि सोमबार मध्यान्ह बाँके कोहलपुरकी ६८ वर्षिया महिलाको मृत्यु भएको थियो ।