देशभर १७१ संक्रमित थपिँदा, २५९ जना डिस्चार्ज


देशभर १७१ संक्रमित थपिँदा, २५९ जना डिस्चार्ज

नेपालगन्ज २० माघ : नेपालमा थप एक सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ८४६ जनाको पीसिआर परीक्षण गर्दा थप १७१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मङ्गलबार बेलुकासम्म देशभर २ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । भने नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मात्र मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेकोछ । हाल देशभर ९५ जना क्वारेन्टिनमा रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १४९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १२८ जना आइसियु र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । भने यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यसैगरी प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ । भने बागमती प्रदेशमा ३२ जना आइसियु र ११ जना भेन्टिलेटरमा, गण्डकीमा ६४ जना आइसियु र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा २९ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । भने कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।