दुर्गममा एकीकृत घुम्ती शिविर


दुर्गममा एकीकृत घुम्ती शिविर

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा सोमबार राप्ती–सोनारी गाउँपालिकाको अगैयामा एकीकृत घुम्ती शिविर संचालन गरिएको छ ।

शिविरमा उल्लेख्यमात्रामा सेवाग्राहीले सेवा सुविधा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एकीकृत घुम्ती शिविरमा आँखा जाँच शिविर, नेपाली सेनाबाट स्वास्थ्य परीक्षण, दात उपचार शिविर वडा नम्बर ५ विनौना गाउँ ब्लकका लागि लालपुर्जा वितरण, नागरिकता वितरण, मतदाता नामावली संकलन, कृषि प्राविधिक सेवा प्रदान गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी कार्यालय प्रमुखहरुको नियमित मासिक बैठक र सार्वजनिक सुनुवाई समेत गरिएको छ । कार्यक्रममा प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद कृष्ण केसी, गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायत सहभागी भएका थिए ।