लमजुङ २४ माघ : कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए ।
उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मर्स्याङ्दी गाउँपालिकाका एक स्वयंसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।
स्वयंसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए ।
उनीहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिँगटा लाग्नेलगायतको लक्षण देखिएको थियो । -रासस
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत