सल्यान २४ माघ : जिल्ला कारागारमा रहेका १२२ कैदीबन्दीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहरुलाई आज कोभिडविरुद्धको खोप लगाइएको हो ।
कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलबहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनले बताए ।
कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुसी भएका छन् । हाल कारागारमा १२२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १५४ कैदीबन्दी बस्दै आएका छन् । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?