सल्यानका १२२ कैदीबन्दीले लगाए खोप


सल्यानका १२२ कैदीबन्दीले लगाए खोप

सल्यान २४ माघ : जिल्ला कारागारमा रहेका १२२ कैदीबन्दीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहरुलाई आज कोभिडविरुद्धको खोप लगाइएको हो ।

कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलबहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुसी भएका छन् । हाल कारागारमा १२२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १५४ कैदीबन्दी बस्दै आएका छन् । -रासस