कोरोना विरुद्धको खोप अभियान

पहिलो चरणको अन्तिम दिनसम्म एक लाख ७१ हजार बढीले लगाए खोप

सबैभन्दा बढि बागमती दोस्रोमा लुम्बिनी प्रदेशकाले खोप लगाए


पहिलो चरणको अन्तिम दिनसम्म एक लाख ७१ हजार बढीले लगाए खोप

File Photo

नेपालगन्ज २४ माघ : कोरोना भाइरस विरुद्धको खोप अभियानको आज एघारौं दिन । आजसम्म नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक लाख ७१ हजार नाघेको छ ।

कोरोना विरुद्धको खोप अभियानको दशौँ दिन शुक्रबार बेलुकासम्ममा देशभर एक लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन् ।

देशका ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५ जनाले खोप लगाएका छन् ।

यता लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।

यसरी खोप लगाउनेमा सबैभन्दा बढि बागमती प्रदेश र दोस्रोमा लुम्बिनी प्रदेशमा खोप लगाइएकोछ ।

पहिलो चरणको खोप अभियान (आज) शनिबारसम्म चल्नेछ । दोस्रो चरणको खोप बारे छिट्टै नै जानकारी गराइने मन्त्रालयले जनाएको छ ।