नगरमा ३५ प्रतिशतले मात्रै खाए औषधी


नगरमा ३५ प्रतिशतले मात्रै खाए औषधी

फाईल तस्विर

नेपालगन्ज : बाँकेको नेपालगन्जमा हात्तिपाइलेको औषधी खानेको संख्या विगतको तुलनामा झनै घटेको छ । बजार क्षेत्रकै बासिन्दाले हात्तिपाइलेको औषधी खान नमानेको नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत गणेश कार्कीले बताए ।

उनकाअनुसार अहिलेसममको तथ्याकंमा ३५ प्रतिशतले मात्रै हात्तीपाइले विरूद्धको औषधी खाएका छन् । उपमहानगरपालिकाका २३ वटा वडा मध्ये सबैभन्दा बढी वडा नम्बर २१, पुरैनाका बासिन्दाले औषधी खाएका छन् ।

पुरैनामा ८६ प्रतिशतले औषधी खाएको उनले बताए । एक्लैनी र त्रिभुवन चोक आसपासका बासिन्दाले कम औषधी खाएको तथ्याकंले देखाएको छ ।
नेपालगन्जमा यसअघि ५४ प्रतिशतले औषधी खाएका थिए। यसपटक औषधी खानेका संख्या अघिल्लो वर्षको जतिपनि नपुग्ने देखिएको उनी बताउँछन् ।

महिला स्वयंसेविकाले औषधी बाँड्दा परिवार संख्या हेरेर दिने गरेको बताएपछि यसपटकदेखि स्वास्थ्यकर्मी नै परिचालन गरिएको जनस्वासथ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताए । स्वास्थ्यकर्मीले आफ्नै अगाडि औषधी खान लगाएको उनी बताउँछन् । फागुन १५ देखि २६ गतेसम्म अभियान चलाएर औषधी बाँडिएको अधिकृत चन्दले जानकारी दिए । सरकारले ठूलो लगानी गरेर हात्तीपाइले रोगविरुद्ध अभियान चलाउने गर्दछ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यो अभियान बाँकेमा नवौं चरणमा पनि लक्ष्य पुरा हुन सकेको छैन् । आठौँ चरण पूरा हुँदा १३ प्रतिशतमा हात्तिपाईले संक्रमिट छन् । सरकारले सन् २०२० सम्ममा मुलुकबाट हात्तीपाइले रोग निवारणको लक्ष्य लिएकोछ ।