सिरहा २४ माघ : कोरोना भाइरस सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ ।
जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताए ।
जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गरे । -रासस
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द