नेपालगन्ज २४ माघ : कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– ११ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती महिलाको मृत्यु भएको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजे अस्पताल भर्ना गरिएको थियो ।
रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दासमेत उनको स्वास्थ्य बिग्रिँदै गएपछि शनिवार अपरान्ह ४ बजेर १८ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत