नेपालगन्ज २६ माघ : नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३० जना ब्यक्तिमा कोरोना संक्रमण देखिँदा थप ७ जनाको मृत्यु भएकोछ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ९६ हजार ७ सय ५० पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार बेलुकासम्म कोरोना संक्रमित मृतक संख्या २ हजार ४५ पुगेको छ । भने हाल ९२ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ सय ९४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ८० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६३ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३४ जना आइसियु र १४ जना भेन्टिलेटरमा, गण्डकीमा १ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २७ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।