वडाध्यक्ष मल्लले आफ्नै खर्चमा बनाए जिम क्लब


वडाध्यक्ष मल्लले आफ्नै खर्चमा बनाए जिम क्लब

खजुरा २६ माघ : खजुरा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष सुमन मल्ल विकासमा निकै अग्रसर बन्दै आएका छन् । उनी आसन र भाषणमा त्यति ध्यान पु¥याउदैनन् ।
आफ्नो अधिकांश समय वडाको विकास र जनताको पीरमर्का बुझ्न् खर्च गर्ने उनको स्वभाव सहयोगी छ ।

उनले आफुले पाउने सेवा सुविधाबाट समाजिक काम र लक्षितवर्गमा खर्चिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ जयकिसान स्पोर्ट्स क्लबको भवनमा जिम क्लब बनाएकाछन् । आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले जिम सेन्टर निर्माण गरेको अध्यक्ष मल्ल बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिब चिरञ्जीवी पाण्डे बताउँछन् ।

मैटहवा माबिसंगै रहेको जिम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर–२ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, बिज्ञ सदस्य किरण ढकाल, सञ्चारकर्मी जे पाण्डे लगायतले अवलोकन गरेका छन् । जिम सेन्टरमा जिमका लागि आवश्यक सामाग्री समेत ल्याईसकिएको छ ।