देशभर १६० कोरोना संक्रमित थपिए


देशभर १६० कोरोना संक्रमित थपिए

नेपालगन्ज २७ माघः नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पीसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ । हाल ८७ जना क्वारेन्टाइनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमध्ये ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३ जना आइसियुमा छन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३० जना आइसियु र १३ जना भेन्टिलेटरमा, गण्डकीमा २ जना संक्रमित आइसियुमा छन् ।

यता लुम्बिनी प्रदेशमा २७ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियु रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ जना मात्र आइसियु रहेको मन्त्रालयले जनाएको छ ।