नेपालगन्ज २९ माघ : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सम्मानित भएकाछन् ।
कोरोना भाइरस महामारीकाबीच कोभिड माहामारी नियन्त्रणमा दिनरात खटेर असाधारण काम गरेबापत सिडियो कुरुम्वाङ्ग र अधिकृत श्रेष्ठ सम्मानित भएका हुन् ।
बाँके जिल्लामा कोरोना भाइरस नियन्त्रण तथा ब्यवस्थापनमा ज्यानको समेत प्रवाह नगरी उत्कृष्ठ कार्य गरेको भन्दै नेपाली सेनाले कुशल प्रशासकका रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई उक्त सम्मान गरिएको हो ।
नेपाली सेनाले प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती (COAS commendation badge) बाट सम्मान गरेकोछ ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठ यसअघि बाँकेका कोरोना फोकल पर्शन हुन भने अहिले उनको बर्दियामा सरुवा भइसकेकोछ ।