बरिष्ठ पत्रकार कृष्ण अधिकारीलाई ‘प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती’ सम्मान


बरिष्ठ पत्रकार कृष्ण अधिकारीलाई ‘प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती’ सम्मान

नेपालगन्ज २९ माघ : बाँकेमा रहेर साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका बरिष्ठ पत्रकार कृष्ण अधिकारीलाई नेपाली सेनाले सम्मान गर्ने भएकोछ ।

बागेश्वरी टाइम्स दैनिक पत्रिकाबाट पत्रकारिता शुरु गरेका वरिष्ठ पत्रकार अधिकारी च्यानल नेपाल टेलिभिजन, स्पेस टाइम्स दैनिक, नेपाल टेलिभिजन हुदैँ हिमालयन टेलिभिजनमा कार्यरत रहेका छन् ।

कोरोना भाइरस संक्रमणको शुरुवातदेखि निरन्तर रुपमा फ्रन्टलाईनमा रहेर आम नागरिकलाई सुसूचित गर्नुका साथै बिषम परिस्थितिमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ सेवा गर्न प्रेरित गर्दै आएका बरिष्ठ पत्रकार अधिकारीको कार्यलाई मूल्यांकन गर्दै नेपाली सेनाले सम्मान गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय गौरवमय ईतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा ‘प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती’ (COAS commendation badge) बाट गर्ने जनाएकोछ । बरिष्ठ पत्रकार अधिकारी नेपाली सेनाका विषयमा विशेष दख्खल राख्ने पत्रकार हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै उनीसंगै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई समेत सोही विधाबाट सम्मान गरिदैँछ ।

कोरोना भाइरस महामारीकाबीच कोभिड माहामारी नियन्त्रणमा दिनरात खटेर असाधारण काम गरेबापत बाँकेका सिडियो कुरुम्वाङ्ग र अधिकृत श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठ यसअघि बाँकेका कोरोना फोकल पर्शनका रुपमा काम गरेका थिए । भने अहिले उनको बर्दियामा सरुवा भइसकेकोछ ।

यी तीनैजनालाई आगामी शिवरात्रीका अवसरमा नेपाली सेनाले सम्मान गर्नेछ । स्मरण रहोस् कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनिकरणमा बाँके देशमै अग्रस्थानमा रहेकोछ ।